खगेन्द्र, अनुप र मेनुकाको अभिनयमा ‘डमरुको डण्डीबियो’ बन्ने

खगेन्द्र, अनुप र मेनुकाको अभिनयमा ‘डमरुको डण्डीबियो’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ सिनेमा ‘डमरुको डण्डीबियो’को औपचारिक घोषणा भएको छ । खगेन्द्र लामिछाने, अनुप बराल र मेनुका प्रधानको मुख्य भूमिका रहने सिनेमालाई स्क्रिप्ट राइटर छेतेन गुरुङले निर्देशन गर्नेछन ।

नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित भएर बन्ने सिनेमा ‘फ्यामिली स्पोर्ट ड्रामा’ रहने कलाकार खगेन्द्र लामिछानेले जानकारी दिए । ‘अहिले त सरकारले भलिवललाई राष्ट्रिय खेल घोषणा गरिसकेको छ । तर, पहिलेको राष्ट्रिय खेल ‘डण्डीबियो’ लोप हुँदै गैरहेको अवस्थामा ‘डमरुको डण्डीबियो’ले यो खेलको महत्व र विशेषतालाई नेपाली माँझ स्मरण गराउदै मनोरंजन दिने विश्वाश लिएका छौ ।’ खगेन्द्रले भने । अहिले ‘डण्डीबियो’ खेल नेपाल, भारत, वर्मा, अस्ट्रेलिया देश लगायतका देशमा खेलिन्छ ।

खगेन्द्र लामिछानेकै लेखन रहेको सिनेमामा अनुप, मेनुका र खगेन्द्रका अलावा नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहने छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण हुने सिनेमामा सुमी श्रेष्ठ घले र विनोद गुरुङको संयुक्त लगानी रहनेछ । असोज २२ गते देखि छायाँकन सुरु हुने सिनेमालाई लागि ४० दिनको सेड्युल तयार गरिएको छ । डेढ करोडको लगानीमा निर्माण हुने सिनेमाको छायाँकन लमजुङको घले गाउँमा ७५ र काठमाडौँमा २५ प्रतिशत छायाँकन गरिनेछ । सिनेमालाई यसै वर्षको चैतमा रिलिज गरिने निर्माण पक्षको टार्गेट छ ।

तस्विर: उद्दव रसाईली