छायाँछबि काव्य श्रृंखलामा गुञ्जिए हेम र सुशीला

छायाँछबि काव्य श्रृंखलामा गुञ्जिए हेम र सुशीला

द सिनेमा टाइम्स
0
Shares

खासगरी चलचित्र, संगीतको क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि प्रारम्भ गरेको छ । यस अघि भदौ महिनामै मुक्तककार रश्मि रोदनको मुक्तक संग्रह ‘प्रियतम’को लोकार्पण कार्यक्रमबाट नै घोषणा गरिएको छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिला १७ गते आइतबार सम्मन्न गरेको हो ।

छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिलामा युवा चर्चित कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले आफ्ना रचना प्रस्तुत गरेका छन् । साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थितिका बिच  सम्पन्न कार्यक्रममा ओजस्वी कविता एवं गजल हेम प्रभास र सुशीला पौडेलले सुनाए । कवि हेम प्रभासले आफ्ना चर्चित एवं नयाँ कविताहरु करिव एक दर्जन सुनाए भने गजलकार सुशीला पौडेलले पनि त्यहि नै हाराहारीमा गजलहरु सुनाइन् ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्य मै क्रियाशील रहेको विचमा केहि टुटेता पनी अव काव्य श्रृंखलाका माध्यमले जोडीने बताए । चलचित्र, संगीत एवं साहित्य एकै विधा हुन् भन्दै प्रियले आफूहरुले सेतु बनेर संगीतकर्मी, चलचित्रकर्मी एवं साहित्यकारलाई जोड्ने काम गर्ने बताए ।