‘छक्का पञ्जा ३’को दशैं प्रमोसनल गीत रिलिज (भिडियो)

‘छक्का पञ्जा ३’को दशैं प्रमोसनल गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – घटस्थापनामा रिलिज हुने सिनेमा ‘छक्का पञ्जा ३’ले यतिबेला प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । प्रचार प्रसारलाई थपजोड दिन ‘छक्का पञ्जा ३’ निर्माण समुहले नयाँ दशैं गीत तयार पारेको छ । आज सार्वजनिक उक्त दशैंमा गीतमा सिनेमाका मुख्य कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललाई फिचर्ड गरिएको छ ।

सिनेमाकै ‘पहिलो नम्वरमा’ गीतको संगीतलाई राखेर बनाइएको गीतमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप समेत हानेका छन् । उनीहरुको गेटअप र गीत रमाइलो छ । गीतमा स्वर डेविड शंकरकै छ । गत सालको दशैंमा प्रदर्शन भएको ‘छक्का पञ्जा २’को प्रोमोश्नल गीतले राम्रो चर्चा पाएको थियो । यो गीतले पनि दर्शक तथा श्रोताको मन जित्ने निर्माण टिमले विश्वास राखेको छ ।

दीपाश्री निरौला निर्देशित सिनेमा ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग, संजोग कोइराला, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।