प्रतिक्षित सिनेमा ‘छक्का पञ्जा ३’को आक्रमक बुकिङ

प्रतिक्षित सिनेमा ‘छक्का पञ्जा ३’को आक्रमक बुकिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपालमा सर्वाधिक सफल सिनेमा ‘छक्का पञ्जा’को तेस्रो सिरिज ‘छक्का पञ्जा ३’को बुकिङ खुल्ला गरिएको छ । बुधवार अर्थात् घटस्थापना देखि प्रदर्शनमा आउने सिनेमाको मल्टिप्लेक्समा बुकिङ्ग खुलनासाथ नै दर्शकले टिकेट सुरक्षित गरिरहेका छन । राजधानी तथा मोफसलका मल्टिप्लेक्समा सिनेमाको बुकिङ्ग आक्रमक देखिएको छ ।दीपाश्री निरौलाको निर्देशनमा तयार भएको सिनेमामा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय छ । अघिल्ला शृंखलामा कमेडीमा जोड दिएता पनि यसपटक भने कन्टेनलाई फोकस गर्दै निर्माण युनिटले प्रचारप्रसार अगाडी बढाएको छ । उपत्यकामा ४८ र मोफसलमा १०० बढी सिनेमा हलबाट प्रदर्शनमा आउने सिनेमा प्रति दर्शकले देखाएको चासोले निर्देशक दीपाश्री निरौला दंग छिन । ‘हामीलाई अघिल्ला सिरिज झैँ दर्शकले माया देखाउनु भएको छ , हामी कृतज्ञ छौ’ उनले भनिन् ‘यसपटक दर्शकले विषयवस्तु झनै मन पराउनु हुन्छ ।’

सिनेमालाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत ३० शो प्राप्त भएको छ । जसमध्य अधिकाँस शो ‘फिलिङ फास्ट’ रहेका छन् । क्युएफएक्स अन्तर्गत लबिम मलमा ८ शो , सिभिल मलमा ७ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ७ शो , कुमारीमा ५ शो र जयनेपालमा ३ शो दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई ८ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ७ शो र नारायणघाटमा रहेको जालमामा १० शो दिएको छ ।राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १० शो , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ११ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा १२ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १० शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ११ शो रहेको छ । सिनेमाको ब्रान्डिङकै कारण यसरि राजधानीमा शो प्राप्त भएको छ । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ९ शो , हेटौडामा रहेको एनएस सिनेमामा ६ शो प्राप्त भएको छ ।