‘नमस्ते बिहार’ लिएर नेपाल आए ‘चार्ली चाप्लिन’

‘नमस्ते बिहार’ लिएर नेपाल आए ‘चार्ली चाप्लिन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दोस्रो चार्ली चाप्लिनको रुपमा गिनिज बुक र सन् २०१० मा लिम्का बूकमा रेकर्ड राखेका कलाकार राजन कुमार नेपाल आएका छन् ।

उनि आफु अभिनित सिनेमा ‘नमस्ते विहार’को प्रमोसनका साथै नेपाली सिनेमा क्षेत्रसँग लिंकअप राख्नलाई नेपाल आएका हुन् । राजनले दोस्रो चार्लीको रुपमा ४ हजार शोज र १२ हजार घण्टा लाइभ प्रस्तुति दिएर गिनिज बूक र लिम्का बूकमा विश्व रेकर्ड बनाएका हुन् । उनले अभिनयमा डेब्यु गरेको फिल्म ‘शेहर मसीहा नही’ थियो ।

पद्माश्री अवार्डका लागि मनोनित भएका उनले आफ्नो कलाकारिता मार्फत थुप्रै अवार्ड र सम्मान पाएका छन् । विशेष गरि सिनेमा ‘नमस्ते विहार’का लागि नेपाल आइपुगेका उनले आफ्नो आगामी सिनेमा पनि यतै छायाँकन गर्ने घोषणा गरे । उनले ‘चार्ली १८० डिग्री’ नामक दोस्रो सिनेमा बनाउदै छन् ।

‘नमस्ते विहार’को बारेमा बोल्दै उनले भने ‘यो सिनेमाले विशेष गरि पत्रकारिता क्षेत्रमा आवद्द व्यक्तिहरु छोएको छ । मेरो भूमिकाको बारेमा भन्नु पर्दा, सिनेमामा मेरो नाम ‘डब्लु’ छ । जो जाँगरिलो, निडर र राम्रो सोचाइको व्यक्ति हुन्छ । कुनै नराम्रो संगतले उ अपराध गर्दै माफियासमेत बन्न पुछ । तर, पनि उसले आफ्नो नैतिकतालाई बिर्सेको हुँदैन । जसको कारण उसलाई मान्छेले सम्मान गर्न छोड्दैनन ।’ उनले भने ‘मेरो भूमिकाले पक्कै पनि मनोरंजन दिनुका साथै समाजमा केहि शिक्षा पने दिनेछ ।’

लक्ष्मण सिन्हा निर्देशित सिनेमाको फिमेल लिड राशी सिन्हा हुन् । सिनेमामा उनि अपराधिक रिपोर्टरको भूमिकामा प्रस्तुत भएकी छन् । ‘नमस्ते विहार’लाई राजनले नै निर्माण गरेका हुन् ।