मल्टीस्टारर ‘चङ्गा चेट’ रिलिज कम्फर्म

मल्टीस्टारर ‘चङ्गा चेट’ रिलिज कम्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘चङ्गा चेट’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्देशक खनालले आफ्नो फेसबुक अकाउन्टबाट सिनेमाको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको जानकारी दिए । अब सिनेमा भदौ १५ मा रिलिज हुनेछ ।

काठमाडौँ, धरान र जनकपुरमा छायाँकन गरिएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाह लगायतका कलाकारको अभिनय छ । सार्वजनिक पोस्टरमा प्रियंका, आयुषमान, सन्दीप, परमिता, रविन्द्र र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । सँगै छिट्टै नै सिनेमाको ‘गोजीमा दाम छैन’ गीत पनि रिलिज गरिने बताइएको छ ।

डार्क कमेडी जानराको सिनेमालाई माधव वाग्लेले निर्माण गरेका हुन् । सिनेमामा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल/राजनराज सिवाकोटीको संगीत र प्रिन्सेस मुभिजको प्रस्तुति छ ।