डिठ्ठा साबको ‘चंगा’मा यी कलाकार

डिठ्ठा साबको ‘चंगा’मा यी कलाकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘चङ्गा’ निर्माण हुने भएको छ । हाँस्यकलाकार किशोर भण्डारी (डिठ्ठा साब)ले निर्देशन गर्ने सिनेमाका कार्यकारी निर्माता प्रकु पाण्डे हुन । भने, रेश्मा तिमिल्सिनाको लगानी रहने छ ।

तिमल्सिनाले पहिलो पटक निर्माणमा हात हालेकी हुन् । ‘चंगा’मा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, राजन खतिवडा, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । रेश्मा तिमिल्सिनाको कथा रहेको सिनेमाको पटकथा/संवाद निर्देशक भण्डारीले नै तयार पारेका हुन ।

‘चङ्गा’ विशुद्ध नेपाली मनोरञ्जनात्मक सिनेमा बन्ने निर्देशक किशोर भण्डारीले बताए । रविन आचार्यले छायाँकन गर्ने सिनेमामा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ । माघ ८ गतेबाट छायाँकनमा जाने सिनेमाको प्रदर्शन मिति जेठ ११ लाई टार्गेट गरिएको छ ।