‘चङ्गाचेट’को व्यापार दोस्रो हप्तामा पनि सुखद

‘चङ्गाचेट’को व्यापार दोस्रो हप्तामा पनि सुखद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत  शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘चंगाचेट’ ले दोस्रो हप्तामा  पनि दर्शकको राम्रो  साथ  पाएको  छ । सिनेमाले हिजो पनि  काठमाडौंका प्राय जसो हलहरु मा हाउसफूल को व्यापार गरेको  निर्माण टिमले जानकारी गरायो ।निर्देशक दीपेन्द्र के. खनालका अनुसार सिनेमाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । खासगरी सिनेमाको कमेडी पक्षलाई दर्शकले रुचाएका छन् । काठमाडौंका हलमा सिनेमाले राम्रो दर्शक पाएको र मोफसलबाट पनि राम्रो प्रतिक्रिया आएको निर्देशक खनालले बताए ।

‘काठमाडौंको सिङ्गल थिएटरदेखि मल्टिप्लेक्स हलमा आज पनि चलचित्र हेर्न दर्शकको उच्च चाप देखिएको छ । ‘चंगाचेटलाई   माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।