चलचित्र पत्रकार दिवस: हेटौडामा शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

चलचित्र पत्रकार दिवस: हेटौडामा शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघको १८ औ वार्षिकोत्सवको अवसरमा शाखा मकवानपुरले पनि कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना भएको कार्यक्रममा चलचित्र पत्रकारितामा लामो अनुभव संगालेका तथा संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । शाखा अध्यक्ष मनिराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन प्रनुख आतिथ्यता र चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको विशिष्ट आथित्यता रहेको थियो ।

सम्मानित शान्तिप्रियलाई शाखा अध्यक्ष गौतम , प्रमुख अतिथि महर्जन र विशिष्ट अतिथि उदयले नगद ११ हजार १ सय ११ राशि सहित क्रमस सम्मानपत्र , दोसल्ला र ढाकाटोपी लगाएर सम्मान गरेको थिए । यसैगरी शाखा पत्रकारिता पुरस्कार मार्फत कपिल खड्कालाई पुरस्कृत गरिएको छ भने कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मान गरिएको हो । पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी ५ हजार सहित ताम्रपत्र , दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको थियो ।

कार्यक्रम सफल बनाउने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै शाखा अध्यक्ष गौतमले यसलाई निरन्तरता दिदै आगामी दिनमा परिस्कृत गर्दै लैजाने बताए । चलचित्र पत्रकार दिवसको अवसरमा राजधानीमा पनी कार्यक्रम सम्पन्न भएको थियो ।