‘छक्का पञ्जा ३’को दोस्रो गीत ‘उमेर ढल्किन्छ’ रिलिज

‘छक्का पञ्जा ३’को दोस्रो गीत ‘उमेर ढल्किन्छ’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘उमेर ढल्किन्छ…..’ बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल बुद्धि तामाङ लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । यो गीतको सम्पुर्ण छायांकन नवलपरासी स्थित सिजि गु्रपले निर्माण गरेको सास्वत धाममा गरिएको हो ।

सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, दीपकराज गिरी र संगीतकार पोखरेलको शब्द तथा निशान भट्टराई एन्जिला रेग्मीको स्वर छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा दीपिका र दीपकको जोडी कमालको देखिएको छ ।

दीपाश्री निरौला निर्देशित सिनेमाको खातामा अर्को हिट नम्बर थपिने पक्का छ । संगीतपक्षकै कारण ‘छक्का पञ्जा’को दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो । ‘छक्का पञ्जा ३’ले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । सिनेमामा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।

दशैँमा रिलिज हुने ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत (पहिलो नम्बरमा’ गीतमा मात्र छिन् ।