ईशा गुप्ता विरुद्ध अदालतमा मानहानीको मुद्दा दर्ता

द सिनेमा टाइम्स, काठमाडौं - सामाजिक सञ्जालमा हट तस्वीर राखेर चर्चामा आइरहने बलिउड अभिनेत्री इशा गुप्ता केही समय पहिले देखि विवादमा फसेकी छिन् । दिल्लीका एक होटल मालिकले ईशा विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर होटल मालिकले दिल्लीको साकेट कोर्टमा मानहानीको मुद्दा दर्ता गराएका छन् ।…