निश्चल र रजिनाले गाएको ‘बुलबुल’को गीतमा स्वस्तिमाको ठुम्का !

निश्चल र रजिनाले गाएको ‘बुलबुल’को गीतमा स्वस्तिमाको ठुम्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – केहि समय पहिले छायांकन सकिएको सिनेमा ‘बुलबुल’को एक गीतको छायांकन सोमबार जितपुरमा गरिएको छ । निश्चल बस्नेत र रजिना रिमालको स्वरमा समावेश यो गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । भने उक्त गीतमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । गीतको छायांकनस्थलमा पुग्ने जोकोहीले पनि नायिका स्वस्तिमा खड्कालाई चिन्न सक्दैन थिए । किनकी, स्वस्तिमाको गेटअप, पहिरन र स्टाइल फेरिएको थियो । सिनेमामा समावेश ‘लाजै नमानी म त’ बोलको गीतमा स्वस्तिमा साधारण पहिरनमा नृत्य गरिरहेकी थिइन् ।

सिनेमामा स्वस्तिमालाई दर्शकले ट्याम्पु चालिकाको भूमिकामा देख्नेछन् । कविराज गहतराजको कोरियोग्राफीमा छायांकन भैरहेको गीतलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । नायिका स्वस्तिमा खड्काले आफूलाई पहिलो दिनमा यो गीतमा नृत्य गर्न गाह्रो भएको बताइन् । उनले यो सिनेमा आफ्ना लागि विशेष भएको बताइन् । आफूले गरिरहेको भूमिका भन्दा विल्कुल फरक भूमिका यसमा रहेको उनले सुनाइन् ।फाल्गुन ३ गतेबाट यो सिनेमा रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ । सिनेमामा नायिका रणकला नाम गरेकी महिलाको भूमिकामा छिन् । विनोद पौडेलको निर्देशनमा सिनेमा तयार भैरहेको छ । सिनेमाको यो गीतमा दर्जन बढी ट्याम्पु प्रयोग गरिएको छ । यस्तै, ६० जना कोरसको साथमा गीतको भिडियो खिचिएको छ । सिनेमामा अविरल थापा, राजु पौडेल, भीम थापा, पुरुषोत्तम पाण्डेको लगानी छ ।