चम्कियो बलिउड बक्सअफिस, ‘रेड’ पनि सय करोड क्लबमा

चम्कियो बलिउड बक्सअफिस, ‘रेड’ पनि सय करोड क्लबमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड बक्स अफिसका लागि २०१८ को सुरुवात राम्रो देखिएको छ । पहिलो तिन महिनामा ४ सिनेमाले सय करोड भन्दा माथिको व्यापार गरेर वर्षको राम्रो सुरुवात गरेका छन् ।

पहिलो तिन महिनामा रिलिज भएका १६ मेजर सिनेमा मध्ये ६ सिनेमा सफल भएका छन् । यी सफल सिनेमाको कमाई झन्डै ७ सय करोड भन्दा माथि रह्यो । अजय देवगणको ‘रेड’ले प्रदर्शनको २२ औं दिनमा सय करोड क्लबमा इन्ट्री गरेको छ । यो वर्षको चौथों सिनेमा हो, जसले सय करोड क्लबको यात्रा तय गर्यो ।

‘रेड’ भन्दा अगाडी ‘बाघी २’ (११७.८५ करोड आठ दिनमा), ‘सोनु के टिटू कि स्विटी’ (१०८.४६* करोड) र ‘पद्मावत’ (३००.२६* करोड)ले सय करोड भन्दा माथिको व्यापार गरिसकेका छन् ।

रानीको ‘हिच्की’ हिट, अनुष्काको ‘परी’ एभरेज:

पहिलो तिन महिनामा प्रदर्शित महिला केन्द्रित सिनेमाले राम्रो कमाई गरेका छन् । दीपिका पादुकोणको ‘पद्मावत’ले रेकर्डमय कमाई गरेपछी अनुष्काको ‘परी’ रिलिज भयो । निक्कै चर्चा कमाउदै रिलिज भएको ‘परी’ले भने दर्शक रिझाउन सकेन । जसोतसो सिनेमाको लगानी भने सुरक्षित भयो । २० करोड आसपासको बजेटमा निर्मित ‘परी’ले २४.६५ करोड मात्र कमाई गर्यो ।

बरु रानी मुखर्जीको ‘हिच्की’ले सफलता हात पार्दै तेस्रो सातामा चलिरहेको छ । सिनेमाले पन्धौं दिनसम्म ३८.९० करोड कमाई सकेको छ । २० करोडको न्यून बजेटमा निर्मित सिनेमाले लगानीको सय प्रतिशत बढी नाफा कमाइसकेको छ । त्यस्तै ‘हेट स्टोरी’ सिरिजको चौथों संस्करणले भने सोचे जस्तो व्यापार गरेन । २० करोड कमाई गरेको सिनेमाले लगानी मात्र सुरक्षित गर्न सक्यो ।

अक्षयको ‘प्याडम्यान’ हिट, तर, पुगेन सय करोड नजिक:

समिक्षक र दर्शकले तारिफ गरेपनि ‘प्याडम्यान’ हेर्न सोचे जति दर्शक उर्लेनन । पहिलो साता ६२.८७ करोड कमाएको ‘प्याडम्यान’ले लाइफटाइम ७८.९५ करोड मात्र कमाउन सक्यो । सुरुवाती व्यापार हर्दा ‘प्याडम्यान’ले सजिलै शतक हान्ने अनुमान गरिएको थियो । तर, दोस्रो साताको व्यापारमा निक्कै गिरावट आएपछी ८० करोडको आँकडा पनि छुन सकेन ।

‘द पोस्ट’, ‘मुक्काबाज’, ‘१९२१’, ‘कालाकाण्डी’, ‘ऐयारी’, ‘वेलकम टू न्युयोर्क’, ‘थ्री स्टोरिज’, ‘दिल जूँग्ली’ यो वर्षका असफल सिनेमा हुन् ।