वास्तविक प्रेम कथा र जोडी लिएर चाम्सले बनाउने भए ‘बोबी’

वास्तविक प्रेम कथा र जोडी लिएर चाम्सले बनाउने भए ‘बोबी’

द सिनेमा टाइम्स
0
Shares

‘ब्लाइन्ड रक्स’ र ‘ह्याप्पी डेज’ सम्पादनमै रहँदा निर्माता तथा निर्देशक मिलन चाम्सले मंगलबार अर्को नयाँ फिल्म ‘बोबी’’ निर्माणको घोषणा गरेका छन् । नर्वे र पोखरामा छायाँकन हुने ‘बोबी’ वास्तविक प्रेमकथा बन्ने फिल्म हुनेछ । जसको मुख्य भूमिकामा लामो समयदेखि नर्वेमा बस्दै आएका उमेश थापा र कविता गुरुङको जोडी प्रस्तुत हुनेछ । उनीहरुको प्रेम कथामा फिल्म बन्न लागेको हो । फिल्म ‘बोबी’ लाई संचारकर्मी नरेश भट्टराईलाई लेखेका छन् । गीतकार समेत रहेका भट्टराईको यो पटकथाकार डेब्यु हो । प्रेममा जातिय र वर्गीय द्धन्द्ध खेपेको उक्त जोडीले प्रेसमिटमा भावना, हाँसो र अपेक्षाका कुरा गरे ।

कविताले आफ्ना लागि उक्त फिल्म जीवनको ठूलो गिफ्ट हुने बताउँदै गर्दा आफूलाई थाम्न सकिनन् र आँसु बगाइन् । पति समेत रहेका उमेशले उनलाई सम्हाले र ढाडस दिए । लन्डन जाँदा मिलनसँग भेटेपछि कविताले कथा सुनाएकी रहिछन् । ‘उसले मलाई कथा सुनाउँदा प्रत्येक प्लटहरु रोचक लाग्यो’ चाम्सले भने, ‘कथाले दर्शकलाई इन्गेज गराउँछ र दर्शकले भोगेको जीवन महसुस गर्छन् । यस्तो प्रेमकथा आफूले पहिलोपटक पढेको र सुनेको स्मरण गर्दै चाम्सले अहिले कलाकारलाई कार्यशालामा व्यस्त तुल्याएको बताए । ‘हँसिया’ बाट फिल्म निर्देशन तथा निर्माणको यात्रा सुरु गरेको चाम्सले भर्खरै ‘वीर विक्रम २’ निर्माणको समेत घोषणा गरेका छन् । नवराज थापाको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, अर्जुन जिसीको सम्पादन रहेने छ ।