बोबी गीत: रियल जोडीको रियल प्रेम

बोबी गीत: रियल जोडीको रियल प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रियल कथासँगै रियल जोडीको प्रस्तुति रहेको सिनेमा ‘बोबी’को रोमान्टिक गीत रिलिज भएको छ । ‘आँखाको नानी’ बोलको गीतमा उमेश थापा र कविता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ ।

मिलन चाम्स निर्देशित सिनेमामा यहिँ जोडीको रियल कथा प्रस्तुत गरिएको छ । जहाँ ‘सिनेमाको पर्दामा देखिने लभस्टोरी झैँ उमेश र कविताको आफ्नै कथा’ रहेको निर्देशक चाम्सले बताए ।

गीतमा बसन्त सापकोटाको शब्द/संगीत, राजेशपायल राई र दीपा लामाको स्वर छ । गीतलाई नर्वेका रमणीय दृश्यमा खिचिएको छ ।

सम्पूर्ण छायाँकन नर्वेमै गरिएको सिनेमामा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । सिनेमा असार २९ मा रिलिज हुँदैछ ।