‘बोबी’को गीतमा रोमान्टिक उमेश र कविता

‘बोबी’को गीतमा रोमान्टिक उमेश र कविता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असार २९ गते प्रदर्शनमा आउने सिनेमा ‘बोबी’ अहिले मोफसल टुरमा छ । प्रचारमा व्यापकता ल्याउनका लागि टिम मोफसल हानिदा एक गीत सार्वजनिक गरिएको छ ।

उमेश थापा र कविता गुरुङ फिचरिङ रोमान्टिक गीतलाई नर्वेका विभिन्न रमणीय स्थानमा खिचिएको छ । गीत हेरिञ्जेल रमणीय दृश्यहरुले शितलता प्रदान गर्छन । ताराप्रकाश लिम्बुको शब्द/संगीत रहेको ‘अरे सुन…’ गीतमा प्रविशा अधिकारी र संगीतकार स्वयमको स्वर छ । नवराज कृष्ण थापाले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहको सम्पादन छ ।

संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्टमा मिलन चाम्सको निर्देशन छ । यो नेपाली सिनेमाको इतिहाँसमा यस्तो रियल स्टोरीको सिनेमा हो, जहाँ मुख्य भूमिकामा रियल स्टोरीका रियल जोडी नै प्रमुख भूमिकामा छन् । उमेश र कविता नै सिनेमाका मुख्य कलाकार हुन् ।

सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।