‘बिरंगना’को बियर गीत सार्वजनिक

‘बिरंगना’को बियर गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘बिरंगना’को दोस्रो गीत सार्वजनिक भएको छ । गीतमा शिल्पा पोखरेल र पृथ्वीराज प्रशाईले कम्मर मर्काएका छन् । दीपक शर्माको संगीत, रघु परियारको शब्द रहेको ‘तिम्रो हाम्रो मायामा बियर परेछ’ गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

राजबहादुर सानेको लेखन/निर्देशन रहेको सिनेमामा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय छ । फोर्थ आई मुभिजको व्यानरमा निर्मित सिनेमामा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ, बिमला भट्टको लगानी छ । सिनेमा असार २९ मा अलनेपाल रिलिज हुँदैछ ।