भुवन र शिवले सँगै खेल्दैछन् सिनेमा ?

भुवन र शिवले सँगै खेल्दैछन् सिनेमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका धरोहर शिव श्रेष्ठ र भुवन केसीले कुनै समयमा थुप्रै सिनेमामा सँगै अभिनय गरे ।

उमेर ढल्कदै गएपछी अभिनयबाट बिस्तारै पातलिदै गएका यी दुई अभिनेता पुन: एकै सिनेमामा देखिने खबर छ । स्रोतका अनुसार सिनेमा ‘बागमती’ निर्माता टिमले यी दुईलाई लामो समय पछी सँगै पर्दामा ल्याउँन जमर्को गरिरहेको छ । भुवन र शिवले अन्तिम पटक ‘राजु राजा राम’मासँगै अभिनय गरेका थिए ।

यसअघि यो टिमले राजेश हमाल र शिव श्रेष्ठलाई ‘बागमती’मा कमब्याक गराएको थियो । यो टिमले अहिले भुवन र शिवसँग सिनेमाको बारेमा कुरा गरिरहेको छ । के भुवन र शिवलाई दर्शकले एकै सिनेमामा देख्न पाउँलान त ?

स्मरण रहोस यसअघि ‘राँको’, ‘सपना’, ‘चिनो’, ‘शंकल्प’ जस्ता सिनेमामा स्क्रिन शेयर गरिसकेका छन् ।