‘भुइँमान्छे’ नयाँ गीतमा मुख्य कलाकारको पिडा (भिडियो)

‘भुइँमान्छे’ नयाँ गीतमा मुख्य कलाकारको पिडा (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘भुइँमान्छे’को दोस्रो गीत सार्वजनिक भएको छ । रिलिज मिति नजिकिदै गर्दा सिनेमालाई प्रचारलाई तीव्रता दिदै गैरहेको छ ।

सार्वजनिक ‘पर्दा भो…’ बोलको गीतमा रमेश बुढाथोकी, सिपोरा गुरुङ र अन्य दुई कलाकार प्रस्तुत भएका छन् । स्याड भर्सनको गीतमा महेश पौडेलको शब्द, जुगल डंगोल र स्वर शिव परियारको स्वर समावेश छ ।

नवराज बुढाथोकीद्वारा निर्देशित सिनेमा भित्र रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय छ । यो सिनेमालाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन् ।