लास चिर्ने मान्छेको मनोविज्ञानमा आधारित ‘भुइँमान्छे’ ट्रेलर सार्वजनिक (भिडियो)

लास चिर्ने मान्छेको मनोविज्ञानमा आधारित ‘भुइँमान्छे’ ट्रेलर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नवराज बुढाथोकी निर्देशित सिनेमा ‘भुइँमान्छे’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा प्रेसमिट गरेर निर्माण पक्षले ट्रेलर रिलिज गर्दै आफ्ना अन्तरंग कुराकानी मिडियालाई साट्यो ।

पोस्टमार्टम गर्दा लास चिर्ने मान्छेको मनोविज्ञानमा आधारित रहेर सिनेमा निर्माण गरेको निर्देशकले बताए । ‘पोस्टमार्टम गर्दा लास चिर्ने मान्छेको बारेमा एउटा पत्रिकामा लेख पढेको थिए । त्यसपछी यो विषयमा मेरो मनमा कौतुहलता जाग्यो । सोचे, यो विषयलाई पर्दामा किन नउतार्ने । त्यसपछि यो विषयमा अनुसन्धान गरेर पर्दाको लागि तयार गरेका छौ । सिनेमा पुरै यथार्थमा रहेर निर्माण गरेका छैनौ । केहि यथार्थता छ, केहि काल्पनिक छ ।’ निर्देशकले थपे ।

सिनेमाका मुख्य कलाकार रमेश बुढाथोकीले अभिनय गर्दा ताकाका किस्सा सुनाए । ‘पहिला त मुर्दा घरमा लास चिर्ने मान्छेको यथार्थ देख्दा नरमाइलो महसुस भएको थियो । पछी उनै मान्छसँग धेरै सिक्न पाए । विस्तारै विस्तारै सामान्य लाग्दै गयो र अभिनय गर्न सके ।’

भदौ २ लाई प्रदर्शन मिति तय गरेको सिनेमामा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सहिन प्रजापति, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय छ । सिनेमालाई निरुपा राज्यलक्ष्मी थापा र रोहिणी भट्टराईले निर्माण गरेका हुन् ।