‘भैरे’को बारेमा कलाकार र निर्माण टिमको यस्तो भनाई !

‘भैरे’को बारेमा कलाकार र निर्माण टिमको यस्तो भनाई !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भोली शुक्रबार देखि रिलिज हुने सिनेमा ‘भैरे’ले आज काठमाडौँ पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । जहाँ सिनेमाका मुख्य कलाकार निर्माण टिमको उपस्थीती रहेको थियो । ‘भैरे’का निर्देशक एभरेष्ट सुर्य बोहराले आफुहरुले निकै मेहनत गरेर यो सिनेमा निर्माण गरेको बताए । सिनेमालाई कसैले अर्गानिक सिनेमा, कसैले कमर्शियल सिनेमा भनेपनि यो विशुद्ध नेपाली सिनेमा हो, यसले मनोरञ्जना साथै सन्देश पनि दिने विश्वास निर्देशकले व्यक्त गरे ।
सुरक्षा यो सिनेमामा दयाहाङको जोडीको रुपमा देखिएकी छिन् । ‘धनपती’ पछि लामो ग्यापमा सिनेमा रिलिज हुन लागेकाले पनि यो सिनेमाबाट सुरक्षा आशावादी छिन् । उनले भनिन्, आमीले सिनेमामा एकदमै धेरै मेहनत गरेका छौँ, सिनेमाको सार्वजनिक गीत संगीतले बजारमा राम्रो चर्चा पाइरहेकोकारण सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा उनमा छ ।

बाल कलाकार अनुभव रेग्मीले ‘भैरे’ धेरै मिहिनेतले बनाएका कारण राम्रो बनेको बताए । उनले सुटिङ्गको क्रममा टुकुचे पुग्दा आफू विरामी हुँदाको पल पनि सम्झिए । अभिनेत्री वर्षा सिवाकोटी सिनेमा राम्रो बनेका कारण दर्शकलाई मन पर्नेमा विश्वस्त रहेको बताइन् ।

कलाकार बुद्धि तामाङ्ग युवाहरुले चाहेको खण्डमा आफ्नै देशमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने सन्देश सिनेमाले दिन खोजेको बताउँछन् । उनले दर्शक प्रतिक्रिया सुन्न आतुर रहेको बताए ।

अभिनेता दयाहाङ्ग राई खिच्नका लागि ठाउँ र मौसमका कारणले गाह्रो भएपनि सिनेमामा त्यसको सही सदुपयोग भएकोमा खुसी छन् । उनी भन्छन्, ‘भैरे’ को बारेमा राम्रा र नराम्रा दुवै कमेन्ट सुन्न म आतुर छु । हाम्रो तर्फबाट मिहिनेत गर्न कुनै कसर बाँकी राखेको छैनौं । अब त्यो मिहिनेत कति सफल भयो त्यो दर्शकले नै भन्नुहुनेछ । ‘उनी सिनेमा हेरिरहँदा दर्शकले आफ्नै कथा हेरे झैँ महशुस गर्नेमा आशावादी छन् ।

प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह-निर्मातामा छन् ।  पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस सिनेमामा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।