‘भैरे’का पोस्टर रिलिज

‘भैरे’का पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गीत/संगीतबाट हाइप बनाएको सिनेमा ‘भैरे’ रिलिज हुन् अब महिना दिन बाँकी छ । यसैविच जेठ १८ गते प्रदर्शन हुने सिनेमाका दुई पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरको प्रकृती हेर्दा ‘भैरे’ गाउँले परिवेशमा निर्माण भएको भान हुन्छ । निर्माण पक्ष अब छिट्टै नै यसको ट्रेलर रिलिज गर्ने तयारीमा छन् ।

एभरेस्ट सुर्य बोहरा लेखन/निर्देशनमा बनेको सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बुद्दी तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कन्चन ठकुरी, अंकित पौडेल, सयहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको ‘भैरे’का सहनिर्मातामा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत छन् । लेखबहादुर पुनको कार्यकारी निर्माणमा बनेको सिनेमा नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा निर्माण भएको हो । सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन र बनिश शाहको सम्पादन छ ।