वर्षा र सुशीलको आशा: कारखाना !

वर्षा र सुशीलको आशा: कारखाना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार १६ गते रिलिज हुने सिनेमा ‘कारखाना’ अहिले प्रचारको उत्कर्षमा छ । टिम दर्शक माझ सिनेमाको जानकारी दिन दौड धुप गरिरहेको छ । ट्रेलर र गीतबाट राम्रो प्रतिकृया पाएको सिनेमाले असार १६ भित्र आफ्ना दर्शक माझ परिचय दिई सक्नुपर्नेछ ।

त्यसको चुनौती कलाकार देखि लिएर पूर्ण टिमलाई छ । पछिल्लो समय कलाकारहरुले आफ्नै सिनेमाको प्रचारलाई त्यति ध्यान दिदैनन । तर, यो सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र सुशील श्रेष्ठ दौड धुपमै व्यस्त छन् | कहिले अनलाइन, पत्रिका, टेलिभिजन त कहिले रेडियो, सबैतिर यी दुई कलाकार आफ्नो सिनेमाको प्रचारमा सहभागी भैरहेका छन् ।

यी दुईको करियरका लागि यो सिनेमाले विशेष अर्थ राख्ने सिने नगरीमा चर्चा छ । त्यसैले पनि यी दुई पूर्ण त सकारात्मक रुपमा मिडियामा प्रस्तुत भैरहेका छन् ।

यी दुई भन्छन ‘यो सस्पेन्स नारिप्रधान सिनेमा हो । समाजको लागि म्यासेज पनि छ । अहिलेसम्मकै सिनेमामा प्रस्तुत नभएको कथा ‘कारखाना’मा छ । कन्टेन्ट प्रधान सिनेमा भएकोले हामी उक्त कन्टेन्ट अनुसार ढलेका छौ । अघिल्ला सिनेमाको तुलनामा हामीलाई यो सिनेमामा भिन्न भूमिकामा देख्न सक्नु हुनेछ । आफुले राम्रो काम गरेकाले गर्दा पनि यो सिनेमामा हाम्रो लागि महत्वपूर्ण छ ।’

यो सिनेमाको बारेमा सबैले सोध्ने एकै प्रश्न ‘कारखाना के हो ?’,  आम दर्शकले कारखाना भन्न वितिकै कल-कारखाना सम्झनछन् । तर, बर्ष र सुशील ‘कारखाना’को अर्थ सिनेमा भित्र अर्कै रहेको तर्क गर्छन । ‘कथाले नै सिनेमा भित्रको ‘कारखाना’को अर्थ बताईदिन्छ । यी दुई थप्छन ।

अमरदीप सापकोटा निर्देशित सिनेमामा सुशील र वर्षासँगै नविन लम्साल, जेविका कार्की, विकाश उप्रेती, मौसमी मल्ल लगायतका कलाकारको अभिनय छ । ‘कारखाना’लाई सुदिप खड्का र अमर बज्राचार्यले सयुक्त रुपमा निर्माण गरेका हुन् ।