प्रकाशको ‘बकम्फुसे राजा’मा दयाहाङले बर्षासँग रोमान्स गर्ने

प्रकाशको ‘बकम्फुसे राजा’मा दयाहाङले बर्षासँग रोमान्स गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – रंगपत्रकार प्रकाश सुवेदीको निर्देशनमा निर्माण हुने सिनेमा ‘बकम्फुसे राजा’को मुख्य भुमिकामा दयाहाङ राई फाईनल भएका छन् । अब यो सिनेमामा दयाहाङ राईले नायिका वर्षा रावतसँग रोमान्स गर्ने छन् । यो सिनेमाको घोषणा निर्देशक तथा रंगपत्रकार सुवेदीको जन्मदिनको अवसरमा गरिएको थियो ।

‘बकम्पुसे राजा’मा केहिदिन पहिले सम्म अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भुमिका रहने चर्चा चलिरहेका बेला सिनेमाका निर्देशक सुवेदीले दयाहाङलाई मंहगो रकममा अनुबन्धित गरेको गोप्य श्रोतले बताएको छ । योसँगै अब यो सिनेमामा नायिका वर्षा सिवाकोटी पनि नरहने पक्का भएको श्रोतको भनाई छ । श्रोतका अनुसार सिवाकोटीको भुमिकामा नायिका निता ढुगांनालाई साइन गराईएको छ । ।

अष्ट्रेलिया निवासी गणेश सुवेदीले निमार्ण गर्ने सिनेमाको अधिकांश छायांकन हैदरावादमा गरिनेछ । सुवेदी फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमामा दयाहाङ राई र वर्षा रावतका अलवा निता ढुगांना र माओत्से गुरुङको मुख्य भुमिका रहने छ । ‘बकम्फुसे राजा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माण युनिटले गरिरहेको छ ।