‘बादशाह जुट’को लोक फ्लेवर ‘काफल पाक्यो’ गीत रिलिज

‘बादशाह जुट’को लोक फ्लेवर ‘काफल पाक्यो’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी पौष १३ गते रिलिज हुने सिनेमा ‘बादशाह जुट’को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको गीत सार्वजनिक गरिएको हो । काफल पाक्यो बोलको लोक फ्लेवरको गीतमा नायिका प्रियंका कार्की, सुशिल श्रेष्ठ, आमिर गौतम र सिनेमाका दुई मुख्य नायिका रोशी खड्का र केइसा रावतलाई फिचर्ड गरिएको छ ।कृष्ण भारद्धाजको संगीत रहेको गीतमा डि. बि. खनालको शब्द तथा अहिलेका चर्चित संगीतकार राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । ‘बादशाह जुट’को निर्देशन मुम्बईमा सिनेमा मेकिङ्ग पढेर आएका जोनी सिंह राणाले गरेका हुन् । भने सिनेमालाई हर्क बहादुर कुवर र भोज राज श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।

‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतमका अलवा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, केइसा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको सिनेमामा चर्चित नायिका प्रियंका कार्की विषेश भुमिका रहेको छ । एच एण्ड बि फिल्मस् प्रा. ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको सिनेमामा राज कुमार उप्रेतीको द्धन्द्व, राजु कार्कीको छायांकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, विक्रम स्वारको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन रहेको छ ।