‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक

‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘बाँध मायाले’को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि शिर्ष गीत सार्वजनिक गरिएको छ । असोज ५ गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्रलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जुपन्तको स्वर छ ।

काठमाडौं र कुलेखानीको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र सृष्टिको केमेष्ट्रि उत्कृष्ट देखिएको छ । ‘बाँध मायाले’लाई अहिलेका सफल निर्देशक सविर श्रेष्ठले निर्देशन गरेका हुन् । काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् ।

‘बाँध मायाले’बाट नेपाली सिनेमामा किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गदैछन् । सिनेमामा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।