हलमा एक जना दर्शक आउँदासम्म पनि अभिनय गर्नेछु !

हलमा एक जना दर्शक आउँदासम्म पनि अभिनय गर्नेछु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता आर्यन सिग्देल नेपाली सिनेमाका स्टार अभिनेता हुन् । कुनै समय निक्कै व्यस्त आर्यन अहिले केहि सिनेमामा मात्र अभिनय गरिरहेका छन् ।

वर्षमा केहि सिनेमामा मात्र अभिनय गर्ने घोषणा गरेका आर्यनको यो साल ‘रुद्रप्रिया’ प्रदर्शनमा आउँदैछ । निक्कै प्रतिक्षा गरिएको यस सिनेमामा आर्यनले करिब ८ वर्ष पछी पर्दामा रेखा थापासँग कमब्याक गरेका छन् ।

अहिले ‘रुद्रप्रिया’को प्रचार-प्रसारमा व्यस्त रहेका आर्यनले एक अन्तर्वार्ताका क्रममा आफु स्टार नभएको बताएका छन् । ‘म नेपाली सिनेमाको बारेमा राम्रो सोच्ने मान्छे, कसरी हुन्छ म सिनेमाको भविष्य उज्वल देख्न चाहन्छु । दर्शकको लागि सिनेमा गरिरहेको मैले कहिले पनि आफुलाई स्टार मानिन । सिनेमा क्षेत्रमा धेरै कुरा सिक्दैछु । र, म स्टार बनेर होईन, अभिनेता बनेर अन्तिमसम्म सिनेमाको बारेमै सिक्नेछु ।’ आर्यनले भने ।

साथै, आर्यनले आफ्नो दर्शक १ जना मात्र सिनेमा हेर्न आउँने बेलासम्म पनि अभिनयमै रमाउने बताए । रेखा फिल्मसको व्यानरमा निर्माण भएको ‘रुद्रप्रिया’लाई सुदीप बबी भुसाल सिंहले निर्देशन गरेका हुन् । रमेश एमके पौडेलले निर्माण गरेको सिनेमामा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ ।

सरस्वती थापा र आर्यन फिल्मस समेत निर्माता रहेको यस सिनेमामा रेखा र आर्यनका अलावा राजन इशान र टिका पहारीको पनि अभिनय छ ।