अनु र रागको प्रेमकथा ‘अनुराग’ ट्रेलर रिलिज

अनु र रागको प्रेमकथा ‘अनुराग’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गते प्रदर्शनमा आउने म्युजिकल लभस्टोरी सिनेमा ‘अनुराग’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मायप्रेम , रोदन विछोडको कथालाई समेटिएको छ । ऋषिराज धमाला प्रस्तुतकर्ता रहेको सिनेमालाई उनकी पत्नी एलिजा गौतमले निर्माण गरेकी हुन् ।

बलापनाका साथी अनु र रागको प्रेम सम्बन्धमा आउने उतारचढावको वरिपरी सिनेमाको कथा घुमेको छ । अनुरागबाट धमाला पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डित नेपाली सिनेमामा डेव्यु गर्दैछन् ।

सत्यराज चौलागाईले निर्देशन गरेको सिनेमामा एलिजा र समुन्द्रका अलवा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

अनुरागमा किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा रहेको सिनेमालाई भरत गौतम र गीता भेटवालको पनि लगानी रहेको छ । भने सिनेमाका छायांकार रामकुमार केसीले  हुन् ।