साढे २ लाख संकलन गरेर बाढी पिडितका लागि अनुरागको सहयोग

साढे २ लाख संकलन गरेर बाढी पिडितका लागि अनुरागको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अविरल वर्षा पछी देशमा थुप्रै जनधनको क्षति भयो । वर्षाले क्षतिग्रस्त जनताका लागि थुप्रै सिनेकर्मीले सहयोग गरे र कत्तिको सहयोग आउँने क्रम जारि छ ।

यसैक्रममा अभिनेता अनुराग कुँवरले पनि बाढी पिडितका लागि पैसा संकलन गरेर सहयोग गरेका छन् । नेपाल हस्तकला शिक्षक उद्द्योगबाट डेढ लाख, हल संचालक सुमित मैनालीबाट ५१ हजार र स्वयम्ले ५१ हजार संकलन गरेर धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

संकलन गरेको साढे २ लाख सँगै लत्ताकपडा पनि बुधबार कुन्जना घिमिरे ‘सुन्तली’लाई हस्तान्तरण गरे । अब यो रकम धुर्मुस-सुन्तली फाउन्डेसनको माध्यमबाट बाढी पिडितका लागि वितरण गरिनेछ ।