महँगो पारिश्रमिकमा अनमोल ‘क्याप्स’सँग जोडीए

महँगो पारिश्रमिकमा अनमोल ‘क्याप्स’सँग जोडीए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – युवास्टार अनमोल केसीका प्रसंसकका लागि खुसिको खबर छ । लगालग सिनेमामा व्यस्त अनमोल अर्को कम्पनिसँग जोडिएका छन् । ‘क्याप्स’ नामक कपडाको ब्राण्डले अनमोललाई महँगो पारिश्रमिकमा एम्बेस्डरको रुपमा अनुबन्धित गरेको छ ।

१ वर्षको कन्ट्रयाकमा अनमोलले १५ लाख पारिश्रमिक लिएको बुझिएको छ । कुनै पनि ब्राण्डको एम्बेस्डर बन्दा नेपाली कलाकारले लिएको यो रकम महँगो मानिन्छ ।

सिनेमा ‘क्याप्टेन’को सुटिङमै पुगेर शनिबार मात्रै ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।

पछिल्लो पटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनिसकेको नेपाली ब्राण्ड ‘क्याप्स’ले काठमाडौं सहितनेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुर लगायत देशका ५० बढि स्टोरहरुमा आफुलाइ उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताए ।

अनमोल अहिले ‘क्याप्टेन’को छायाँकनमा व्यस्त छन् । भने, छायाँकनका लागि ‘ए मेरो हजुर ३’ र ब्याचलर बन्टी’ पाइपलाइनमा छन् ।