ट्वीटर फ्लोवर्समा नम्बर १ अमिताभ, टप ५ मा को को ?

ट्वीटर फ्लोवर्समा नम्बर १ अमिताभ, टप ५ मा को को ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडमा ‘बिग बी’को उपनामले परिचित अभिनेता अमिताभ बच्चन ७४ वर्षका भैसकेका छन् ।

तर, यो उमेरसम्म पनि सिनेमा प्रति अमिताभको सक्रियता घटेको छैन । गत वर्ष मात्रै ‘पिंक’ सिनेमाबाट थुप्रै अवार्ड कुम्ल्याएका अमिताभ सामाजिक संजाल ट्वीटरमा पनि उत्तिकै सक्रिय छन् ।

नहुन पनि कसरी ? किनकी, ‘बिग बी’ ट्वीटरमा सर्वाधिक फ्लोवर्स भएका बलिउड अभिनेता हुन् । उनलाई ट्वीटरमा ‘फ्लो’ गर्नेको संख्या २९ मिलियन भन्दा माथि छ । २९ मिलियन भनेको नेपालीमा २ करोड ९० लाख हो ।

उनको पहिलो ट्वीट जम्मा एक जनाले हेरेको थियो रे ! अहिले २९ मिलियनले हेर्नुमा फ्यानकै हात भएको कुरा ट्वीट गर्दै ‘बिग बी’ समर्थकलाई धन्यवाद व्यक्त गर्छन ।

 

बलिउडका सेलेब्रेटीहरु मध्ये ट्वीटरमा सर्वाधिक फ्लोवर्स कामाउनेको दोस्रो स्थानमा शाहरुख खान छन् । उनका फ्वोवर्स २७.६ मिलियन छन् । तेस्रो स्थानमा रहेका सलमानका २५,१, चौथों स्थानमा रहेका आमिरका २१.८ र पाँचौं स्थानमा रहेकी दीपिका पादुकोणका २०.१ मिलियन फ्वोवर्स छन् ।