‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलिज

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अमेरिकामा सम्पूर्ण छायांकन गरिएको नेपाली सिनेमा ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलिज गरिएको छ । अमेरिकामा बस्ने नेपालीहरुको कथा सिनेमामा समेटिएको सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ । सिनेमामा अमेरिकामा बसोवास गर्ने नेपाली कलाकारको अभिनय रहेको छ । अमेरिकन बाबु मेड इन नेपाललाई ईश्वर थापाले निर्देशन तथा सम्पादन गरेका हुन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको सिनेमालाई राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमाको प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले बताएका छन् । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको छन।