ट्रेलर: कमेडी फ्लेवरकै ‘अमेरिका बोइज’

ट्रेलर: कमेडी फ्लेवरकै ‘अमेरिका बोइज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । वैदेशिक रोजगारको विषयलाई कमेडीमा प्रस्तुत गरेको सिनेमालाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

जेठ १८ गते सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सुनिल थापा, अर्पण थापा, अभय बराल, आशिष प्रशाई, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, सृष्टि कार्की, सरद गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवाष गजुरेल, उमा बानिया, राजु खरेल, मनिष राउत, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

बुड्डी इन्टरटेनमेन्ट र सीबर्ड पिक्चर्सको व्यानरमा सिनेमालाई प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलले निर्माण गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा समिर खरेल, सुरज उप्रेती र अनुप थापा रहेका छन् ।

बिबेक पाण्डेको कथा/पटकथा/संवाद लिखित ‘अमेरिका बोइज’मा निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे/जयन जे वाइवाको संगीत, सुनिल क्षेत्री/नेपाली ठिठोजको कोरियोग्राफी र आलोक शुक्लाको डीओपी रहेको छ ।