अमेरिका बोइज गीत: एउटा केटिमाथि तीन जनाको ध्यान

अमेरिका बोइज गीत: एउटा केटिमाथि तीन जनाको ध्यान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कमेडी सिनेमा ‘अमेरिका बोइज’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो ध्यानै तिमीमा’ बोलको गीतलाई कमेडी ढंगबाट निर्देशन गरिएको छ ।

सिनेमाका मुख्य कलाकार अर्पण थापा, अभय बराल, आशिष प्रशाई र सृष्टि कार्की फिचर्ड छन् । जयन जे वाईवाको संगीत रहेको गीतमा जयनसँगै रोशन थापा र सुरज शाही ठकुरीको स्वर छ । गीतको कोरियोग्राफी सुनिल क्षेत्री र नेपाली ठिटोजले गरेका हुन् ।

जेठ १८ गते प्रदर्शन हुने सिनेमालाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । ‘अमेरिका बोइज’मा माथि उल्लेखित कलाकारका अलावा सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, सरद गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवाष गजुरेल, उमा बानिया, राजु खरेल, मनिष राउत, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

बुड्डी इन्टरटेनमेन्ट र सीबर्ड पिक्चर्सको व्यानरमा सिनेमालाई प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलले निर्माण गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा समिर खरेल, सुरज उप्रेती र अनुप थापा रहेका छन् ।

बिबेक पाण्डेको कथा/पटकथा/संवाद लिखित ‘अमेरिका बोइज’मा निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे/जयन जे वाइवाको संगीत, सुनिल क्षेत्री/नेपाली ठिठोजको कोरियोग्राफी र आलोक शुक्लाको डीओपी रहेको छ ।