म हिट हुनलाई कुनै सुपरस्टारको आवश्यक पर्दैन: आलिया भट्ट !

म हिट हुनलाई कुनै सुपरस्टारको आवश्यक पर्दैन: आलिया भट्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले छोटो समयमै आफ्नो परिचय बनाईसकेकी छन् । २०१२ मा सिनेमा ‘स्टुडेन्ट अफ द ईयर’बाट डेब्यु गरेको आलियालाई पछिल्लो समयकी प्रतिभाशाली अभिनेत्रीको रुपमा पनि चिन्ने गरिन्छ ।

गत वर्ष ‘उड्ता पंजाव’बाट फिल्म फेयर अवार्ड समेत हात पारिसकेकी अलिया बक्सअफिसमा पनि उत्तिकै सफल छन् । अब आलिया भट्टले आफ्नो सिनेमा हिट हुनलाई सुपरस्टारको आवश्यक नपर्ने बताएकी छन् । अहिले विकि कौसलसँग नयाँ सिनेमामा काम गरिरहेकी यी अभिनेत्रीले यो सिनेमामा आफ्नै दममा हिट हुने तर्क गरेकी छन् ।

अलियाको यो आत्मविश्वासलाई बलिउड मिडियाले दुई तर्फी समिक्षा गरिरहेका छन् । के आलिया एक्लैले सिनेमा हिट बनाउन सक्लिन त ? अलियाले अभिनय गरेका ९ सिनेमा मध्ये दुई सिनेमामा स्टार कलाकारसँग काम गरेकी छन् ।