ऐश्वर्य: पहिलो गीतमा कस्तो देखियो रमेश र दीपिकाको केमेस्ट्री ? (भिडियो)

ऐश्वर्य: पहिलो गीतमा कस्तो देखियो रमेश र दीपिकाको केमेस्ट्री ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रमेश उप्रेतीको निर्माण र अभिनय रहेको सिनेमा ‘ऐश्वर्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक प्रेसमिट गरि ‘तिमि रोएको पल…’ बोलको गीत सार्वजनिक गरियो ।

अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको गीतमा अभिनेता रमेश उप्रेतीसँगै नव-प्रस्तुति दीपिका प्रसाई फिचरिङ भएका छन् । एक समयका स्टार अभिनेता रमेशलाई गीतमा काफी सुन्दर देखिएको छ । भने, दीपिकाको जोडी रमेशसँग खुलेको छ । कुनै बेला सिनेमामा अत्याधिक व्यस्त भैरहेकै बेला रमेश वैदेशिक मोहले अमेरिका हानिएका थिए। अमेरिका पछी नेपाल आएका रमेशको करियर यो सिनेमाले महत्वपूर्ण भूमिका खेल्नेछ ।

गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर समावेश छ । भिडियोको निर्देशन भने तेन्जु योन्जन र एन्जिला खत्रीले गरेका छन् । नेपालका रमणीय स्थानमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । अर्जुन श्रेष्ठ र किरण राणा निर्माता रहेको सिनेमाका प्रस्तुतकर्ता रमेश उप्रेती हुन् । सिनेमामा रमेश उप्रेतीकै कथा र निर्देशकको पटकथा संवाद रहेको छ ।

दिवाकर भट्टराई निर्देशित सिनेमामा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । सिनेमा लक्ष्मीपुजाको अवसर पारेर कार्तिक २ गते रिलिज हुदैछ ।