ऐश्वर्य: ओभरसिज प्रदर्शन जापानबाट सुरु

ऐश्वर्य: ओभरसिज प्रदर्शन जापानबाट सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल प्रदर्शनबाट सफलता हात पारेको सिनेमा ‘ऐश्वर्य’ले ओभरसिज प्रदर्शन सुरु गर्ने भएको छ ।

ओभरसिज प्रदर्शनमा सबै भन्दा पहिला सिनेमा जापानमा प्रदर्शन हुनेछ । जापान प्रदर्शनको पहिलो शो टोकियोस्थित नाकानो जेरो हलमा १९ नोभेम्बरमा हुनेछ । टोकियो प्रदर्शन पछी तोचिगी, नागोया, फुकुओका लगायतका स्थानमा सिनेमाको सेड्युल रहेको छ ।

‘ऐश्वर्य’ प्रदर्शनका लागि अभिनेता तथा निर्माता रमेश उप्रेती यसै साता जापान उड्दैछन् । दिवाकार भट्टराई निर्देशित सिनेमाले नेपाल रिलिजमा दर्शकबाट निक्कै राम्रो साथ र प्रशंसा पाएको थियो । सिनेमामा रमेशका अलावा दीपिका प्रशाइं, केकी अधिकारी, प्रशान्त ताम्राकार, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।