ऐश्वर्य: फस्टलूक पोस्टर रिलिज, झ-झल्को टिजरकै

ऐश्वर्य: फस्टलूक पोस्टर रिलिज, झ-झल्को टिजरकै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक ९ गते रिलिज हुने सिनेमा ‘ऐश्वर्य’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार र अभिनेत्री दीपिका प्रशांई प्रस्तुत भएका छन् । दीपिका हट अवतारमा प्रस्तुत भएको पोस्टरमा रमेश र प्रशान्त एन्ग्री लूक्समा देखिएका छन् । केहि दिन अगाडी रिलिज गरिएको टिजरको भाव यो पोस्टरमा देखिएको छ ।

हेर्नुस टिजर:-

यसअघि रिलिज गरिएको एक गीतले ‘ऐश्वर्य’लाई हाइपमा पुर्याएको छ । टिजरबाट पनि सकारात्मक प्रतिक्रिया पाएपछी निर्माण टिमले उत्साहित हुदैं पोस्टर सार्वजनिक गरेको हो ।

दिवाकर भट्टराई निर्देशित सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । सिनेमामा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने, निर्मल शर्मा सह- निर्माता रहेका छन् । सिनेमामा दिर्घ खड्काको सम्पादन,  अर्जुन पोखरेल र बिराज गौतम संगीत , र  द्वन्द हिमाल केसीको रहेको छ ।