Exclusive: ‘ए मेरो हजुर ३’मा अनमोल र सुहानी अनुबन्धित

Exclusive: ‘ए मेरो हजुर ३’मा अनमोल र सुहानी अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – झरना थापाले निर्देशन गर्ने दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’मा अभिनेता अनमोल केसी र झरना सुपुत्री सुहानी थापा फाइनल भएका छन् ।

सुहानीको लागि यो डेब्यु सिनेमा रहनेछ । द सिनेमा टाइम्सलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार विदेशमा पढ्दै गरेकी सुहानी र अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अनुबन्धित गरेका हुन् ।

भदौदेखि छायाँकनमा जाने सिनेमालाई आगामी नयाँ बर्षमा रिलिज गरिनेछ । सिनेमाका अन्य कलाकार र टिम फाइनल नभएपनि ‘ए मेरो हजुर २’बाट प्राय: जोडिने सम्भावना छ ।