करिश्मा, गौरी र न्यायधिसले ‘ए मेरो हजुर २’ हेरेर के भने ? (भिडियो)

करिश्मा, गौरी र न्यायधिसले ‘ए मेरो हजुर २’ हेरेर के भने ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर २’ले दर्शकको मन जित्दै सफलताको दोस्रो सातामा प्रदर्शनरत छ ।

झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमाले लभस्टोरी जनरामा यो वर्षकै उत्कृष्ट प्रतिक्रिया पाएको छ । दोस्रो सातामा पनि ‘ए मेरो हजुर २’ हाउसफुल छ । प्रदर्शनको दोस्रो शनिबार राजधानीको बिग मुभिजमा विशिष्ट व्यक्तित्वले सिनेमा हेरे ।

न्यायधिस प्रकाशमान सिंह राउत, अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल लगायतले सिनेमा हेरेर ‘ए मेरो हजुर २’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए । करिब ३० वर्ष पछी नेपाली सिनेमा हेर्न हल पुगेका न्यायधिस प्रकाशमानले लामो समयको अन्तराल पछी एकदमै राम्रो सिनेमा हेर्न पाएको बताए । ‘करिब तीन दशक पछी हलमा सिनेमा हेर्न आएको थिए । ‘ए मो हजुर २’ सबै पक्षबाट उत्कृष्ट छ । नेपालमा यस्तो क्वालिटीको पनि सिनेमा बन्न थालेछन् । सिनेमाको लागि छुट्याएको समय वर्वाद भएन । ‘ए मरो हजुर २’ टिमको लागि हार्दिक शुभकामना ।’ न्यायधिसले भने ।

त्यस्तै अभिनेत्री करिश्मा मानन्धर र गौरी मल्लले पनि सिनेमा हरेक पक्षबाट उत्कृष्ट रहेको प्रतिक्रिया दिए । ‘सिनेमाको स्क्रिनप्ले, स्क्रिप्ट दमदार छ । अभिनेत्रीले निर्देशन गरेको सिनेमा भएकोले होला ‘ए मेरो हजुर २’मा कलाकारको अभिनय खारिएको छ ।’ करिश्माले भनिन् ।

‘ए मेरो हजुर २’ हेरेर अन्य सिनेकर्मीले कस्तो प्रतिक्रिया दिए त ? हेर्नुस भिडियो:-

https://youtu.be/9V0Fky1OTEc

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, बुद्दी तामाङ, अनुराग कुँवर, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ । सिनेमाले पहिलो साता देशभरबाट ५ करोड २ लाख ८४ हजार कलेक्सन गरेको थियो ।

सिनेमाको १० दिने कमाई सिनेमा टाइम्सबाट छिट्टै नै सार्वजनिक हुनेछ ।