‘ए मेरो हजुर २’ हेर्न ओईरिएका दर्शक (फोटोफिचर)

‘ए मेरो हजुर २’ हेर्न ओईरिएका दर्शक (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । झरना थापा निर्देशित सिनेमाले केहि समय सुस्ताएको सिने बजारलाई पुन: ब्युझ्याएको छ । शुक्रबार आक्रामक व्यापार गरेको सिनेमाले शनिबार झनै राम्रो व्यापार गर्यो ।

देशभरका हलमा दर्शकको उल्लेख्य भिड रह्यो । शुक्रबार ७८ लाख बढी ग्रस गरेको सिनेमाले शनिबार करोड माथि ग्रस गर्ने आँकलन गरिएको छ । आइतबार पनि दर्शकको उत्तिकै चाप रहने छनक ‘ए मरो हजुर २’ले देखाएको छ । शनिबार सिनेमाको टिम बडीगार्ड सहित ‘ए मेरो हजुर २’को दर्शक प्रतिक्रिया बुझ्न राजधानीका हल हलमा पुगेको थियो ।

सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सिनेमालाई हेर्न उर्लिएको मावनसागरका केहि तस्विर हामीले यहाँ प्रस्तुत गरेका छौ । जसले ‘ए मेरो हजुर २’ प्रतिको क्रेज झल्काउछ ।