हलिउड सिनेमाको रिमेक गर्दै आमिर

हलिउड सिनेमाको रिमेक गर्दै आमिर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेता आमिर खानले अभिनय गरेको नयाँ सिनेमा ‘ठग्स् अफ हिंन्दुस्तान’को रिलिजको तयारीमा छ । यो सिनेमाको रिलिज पश्चात बलिउडका मिस्टर प्रफेक्टनिस्ट आमिर खानले हलिउड सिनेमाको रिमेक गर्ने तयारी गरिरहेको भारतीय संचार माध्यामले जनाएका छन् । भारतीय मिडियाका अनुसार हलिउड सिनेमा निर्माण कंम्पनी प्यारामाउन्ट पिक्चर्सले निर्माण गरेको एक सिनेमाको बलिउडमा रिमेक बनाउने तयारी रहेको समाचार प्रकाशन गरेका छन् ।

आमिरको निकट श्रोतको भनाइलाई उदधृत गर्दै समाचारमा सिनेमाको घोषणा सम्पुर्ण कुरा मिलेपछि गर्ने तयारी आमिरले गरिरहेका छन् । सम्पुर्ण कुरा तय भएपछि सिनेमाको नाम घोषणा गरिनेछ । अहिले सिनेमाको रिमेकका लागी सिनेमाको राइट्स किन्ने कुरा भैरहेको भारतीय मिडियाले लेखेका छन् । यस अघि आमिरले ओशोको जीवनीमा आधारित सिनेमा गर्ने चर्चा चलेको थियो तर कथामा चित्त नबुझेकाले सो सिनेमाको कुरा हाललाई रोकिएको बताइन्छ। आमिरको ‘ठग्स् अफ हिन्दुस्तान’ तिहारमा रिलिज हुँदैछ। सिनेमामा उनका अलावा अमिताभ बच्चन, क्याटरिना कैफ तथा फातिमा सना शेखको प्रमुख भूमिका रहेको छ।