पलको जन्मदिनमा ‘विर विक्रम २’को रिलिज मिती घोषणा

पलको जन्मदिनमा ‘विर विक्रम २’को रिलिज मिती घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत पल शाह स्टारर फिल्म ‘वीर विक्रम २’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर सिनेमाको प्रदर्शन मिती फाइनल गरिएको हो । अब यो सिनेमा आगामी वर्षको जेष्ठ ३ गतेबाट रिलिज हुने भएको छ । चैत्र ३० गते रिलिज हुने चर्चाकाबीच निर्माण टिमले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशकले त्यो मितीमा पहिले नै दुई ठुला सिनेमाको प्रदर्शन तय भएका कारण पनि आफुहरु जेष्ठ ३ पुगेको बताए ।

यो मितीमा निर्देशक योगेश घिमिरे निर्देशित र प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल स्टारर सिनेमा ’प्रेम दिवस’ पनि प्रदर्शन हुदैछ । प्रेम दिवसको केही साता पहिले काठमाडौंमा समावेश सरु की तिम्रो छेउ बोलको गीत रिलिज गर्दै प्रदर्शन मिती तय गरिएको थियो । यस्तै यही मितीमा आउने तय भएको सिनेमा विर विक्रम २ को गीत ‘पिरतीको मिठो तिर्सना’ सिनेमाको राम्रो हाइप बनाएको छ । देउता सिनेमाको हिट गीतलाई रिमेक भर्सनलाई पनि दर्शकले राम्रो साथ दिएका छन् ।

नयाँ कथामा निर्माण भएकाले ‘वीर विक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यो सिनेमाबाट अभिनेता आकाश श्रेष्ठले अन्तिम समयमा हात झिकेपछि पल शाह उनको ठाउँमा भित्रिएका हुन् । सिनेमामा पलका अलवा वर्षा सिवाकोटी र नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमामा मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । विर विक्रम २ को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा सुदीप बरालको छायांकन, रञ्जीत गजमेजर, राजनराज सिवाकोटी र तारा प्रकाश लिम्बुको संगीत, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पाद रहेको छ ।