‘क्याप्टेन’ प्रचारको लागी चितवन पुगे अनमोल र भुवन

‘क्याप्टेन’ प्रचारको लागी चितवन पुगे अनमोल र भुवन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १७ गतेबाट रिलिज हुने सिनेमा ‘क्याप्टेन’ निर्माण टिमले सिनेमाको रिलिज मिती नजिकिएसँगै प्रचार प्रसारलाई आक्रामक बनाउँदै लगेको छ । सिनेमाको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाले दंग रहेको निर्माण टिम सिनेमाका प्रचारका लागी मोफसलको चितवन पुगेको छ । सिनेमाका निर्माता भुवन केसी र मुख्य अभिनेता अनमोल केसी ‘क्याप्टे प्रचारका लागी चितवन पुगेका हुन् ।

‘क्याप्टेन’को चर्चा परिचर्चा अहिले नेपाली सिनेमा जगतमा निकै चुलिदो छ । दर्शकमाझ एक प्रकारको हाइप निर्माण गरिसकेको सिनेमालाई यस वर्षकै बहुप्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ । यस्तै अभिनेता भुवन केसीले चितवनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफुले एकदमै दु:ख गरेर यो सिनेमा निर्माण गरेको बताए । नेपालमा एउटा राम्रो फुटबल स्टेडियम समेत छैन् । त्यसैले पनि सिनेमा निर्माणमा आफ्नो टिमले धेरै दु:ख पाएको अनुभव भुवनले साटे ।

यता सिनेमाका मुख्य अभिनेता अनमोल केसीले नेपाली फुटबलका पुर्व राष्ट्रिय खेलाडी हरी खड्कासँग तीन महिना प्रशिक्षक लिएको बताए । आफुले ‘क्याप्टेन’को क्यारेक्टर खेलाडी इशान खड्का देखिन् धेरै मेहनत गरेको सुनाए । तीन महिना प्रशिक्षण गर्दा पनि आफुले थप तीन महिना समय निर्माण टिम र निर्देशकसँग मागेको भएता पनि सिनेमा छायांकनको सम्पुर्ण तयारी पुरा भैसकेकोले गर्दा आफुले थप समय नपाए पनि उत्कृष्ट काम गरेको अनमोलको भनाई छ । ९० मिनेटको खेलको लागी १२ घण्टा रेलुलर काम गर्दा आफु धेरै पटक सेटमै बेहोस भएको अनुभव अनमोलले चितवनका पत्रकार माझ साटे ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।