ऋतिक र टाइगरसँग रोमान्स गर्दै बाणी र दिशा

ऋतिक र टाइगरसँग रोमान्स गर्दै बाणी र दिशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको अनटाइटल सिनेमाको छायांकन यतीवेला धमाधम भैरहेको छ । यो सिनेमा यस वर्षको अन्त्यतिर अर्थात अक्टुबर २०१९ मा प्रदर्शन हुँदैछ । दुवै नायक एक्सन, स्टन्ट्स र डान्समा माहिर भएकाले यतिबेलादेखि नै दर्शकहरूको लागि उक्त सिनेमा चासो र प्रतीक्षाको विषय बनेको छ । यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको नाम अहिलेसम्म निर्माण कम्पनीले गोप्य नै राखेको छ ।

ऋतिकलाई आफ्नो प्रेरणाको स्रोत मान्दै आएका अभिनेता टाइगरले रितिकका साथ सिनेमा खेल्ने अफर आएपछि उनले केही नसोची सिनेमा खेल्न तत्काल स्वीकृति जनाएको बलिउड मिडियाले जनाएका छन् । यो क्षण आफ्नो लागि अविश्वसनीय रहेको भन्दै टाइगरले यो सिनेमा आफ्नो सिनेमा करियरकै एक माइलस्टोन रहेको समेत खुलाएका छन् ।

यतिबेला सिनेमाको लागि दुईजना नायिकाको खोजी रहेकोमा ऋतिकको अपोजिटमा अभिनेत्री वाणी कपुरलाई फाइनल गरिसकेको छ । भने बाणीले सिनेमाको केहि प्रतिशत छायांकन पनि गरिसकेकी छन् । त्यस्तै, सिनेमामा टाइगरको लागि अर्की नायिकाको खोजी भैरहेको छ, जसको चयन अहिलेसम्म गरिएको छैन । सिनेमा निर्देशक सिद्धार्थ आनन्द यतिबेला स्टन्ट्स्मा पोख्त नायिकाको खोजीमा छन् । ज्याकलिन फर्नान्डेज र दिशा पटानीको नाम टाइगरको जोडीको रूपमा चर्चामा छन् ।

अहिलेको समय दिशा पटानीको नाम फाइनल भएको चर्चा बलिउड मिडियाले गरिरहेका छन् । तर निर्माण पक्षबाट भने अहिलेसम्म पनि त्यसको खुलासा गरिएको छैन । यतिबेला दिशा सलमान खानसँग सिनेमा ‘भारत’को छायांकनमा व्यस्त छिन् । भारतको स्टन्ट्स सिनेमाका लागि दिशाले विशेष तयारी गरेकाले पनि उनलाई यो सिनेमामा फाइनल गरिएको बुझिएको छ ।

यसअघि दिशा र टाइगरको जोडी रहेको सिनेमा बागी २ ले बक्सअफिसमा बम्पर ब्यापार गरेकाले पनि निर्देशक सिद्धार्थले दिशालाई सिनेमामा लिएको चर्चा बलिउड मिडियामा भैरहेको छ । रियल लाईफमा टाइगर र दिशा प्रेमी प्रेमिका हुन् । तर उनिहरु आफुहरु एकअर्काको एकदमै मिल्ने साथी मात्रै भएको बताउँछन् ।