‘साइँली’को दोस्रो गीत ‘प्याट प्याटे’ रिलिज (भिडियो)

‘साइँली’को दोस्रो गीत ‘प्याट प्याटे’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चत्रै १५ गतेलाई प्रदर्शन मिती तय गरिएको सिनेमा ’साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमामा समावेश प्याट प्याटे बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको यही गीतबाट सिनेमाका मुख्य पात्रको क्यारेक्टर पहिचान समेत गरिएको छ ।

सिनेमाको सार्वजनिक गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा संगीतकार गौतमको स्वर छ । बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमालाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।