मेहनतले नै हो भाग्य चम्किने वा नचम्किने भन्ने निर्धारण गर्ने : उपासना

मेहनतले नै हो भाग्य चम्किने वा नचम्किने भन्ने निर्धारण गर्ने : उपासना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं सुपरस्टार अभिनेता अनमोल केसी यतीवेला फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा क्याप्टेनमो प्रचार प्रसारमा व्यस्त छन् । यही सिनेमाबाट उनको अपोजिटमा दुई अभिने उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेव्यु गर्दैछिन् । दुवै अभिनेत्री अहिले सिनेमाको प्रचार प्रसारमा निकै लागी परेका छन् । यस्तै क्याप्टेनकी मुख्य अभिनेत्री मध्येकी एक उपासना सिंह ठकुरी सिनेमाले आफुलाई स्थापित गर्नेमा ढुक्क छिन् । मैले सिनेमाको कथाले मागे अनुसार शत प्रतिसत काम गरेकी छु । दर्शकले मेरो भुमिकालाई मन पराउनु हुन्छ ।

यस्तै क्याप्टेनको प्रचार प्रसारको एक भेटमा उपासनाले भनिन् अभिनेता अनमोल केसीसँग काम गरेपछि अभिनेत्रीको भाग्य चम्किन्छ भन्ने सोचाइ गलत रहेको बताइन् । अनमोलसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा रहेको सुनाउँदै उपासनाले भाग्य चम्किने वा नचम्किने भन्ने कुरा आफ्नो काममा निर्भर हुने बुझाई उनको छ । मैले अनमोलसँग काम गर्ने एउटा सिनेमामा मात्रै हो अरु सिनेमामा नहुन सक्छौं । त्यसैले आफ्नो मेहनतले नै हो भाग्य चम्किने वा नचम्किने भन्ने निर्धारण गर्ने’, उनले भनिन् । दुबैलाई सुहाउँदोे भूमिका भएको खण्डमा अनमोलसँग दोर्होयाएर काम गर्न आफू इच्छुक रहेको उपासनाको भनाई छ ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।