‘दि म्यान फ्रम काठमाडौं’को गीतमा कर्माको ‘किच किचे माया’ आना

‘दि म्यान फ्रम काठमाडौं’को गीतमा कर्माको ‘किच किचे माया’ आना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र १ गतेबाट रिलिज हुने सिनेमा ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको गीत सार्वजनिक गरिएको हो । ‘किच किचे माया’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको गीतमा चन्दन ध्वोज केसीको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ । यो गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । भने गीतको भिडियोमा सविन शाक्यको कोरियोग्राफी रहेको छ ।

स्वर्णीम राईको कस्टुम डिजाइन रहेको गीतको भिडियोलाई निर्देशक तथा चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।

‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।