रिलिजकै दिनमा लिक भयो रणवीर र आलियाको ‘गल्ली ब्वाई’

रिलिजकै दिनमा लिक भयो रणवीर र आलियाको ‘गल्ली ब्वाई’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘गल्ली ब्वाई’ पाइरेसीको सिकार भएको छ । रणवीर सिंह र आलिया भट्ट स्टारर सिनेमा रिलिजकै दिन अनलाइनमा लिक भएको हो । तमिल रकर नामक पाइरेसी वेवसाइटले सिनेमालाई रिलिजको दिनमा नै लिक गरिदिएको छ ।

तमिल रकरले यसअघि पनि थुप्रै सिनेमालाई रिलिजको दिनमा नै अनलाइनमा लिक गर्ने गरेको छ । हिपहप गायकको कथामा निर्माण भएको सिनेमा पाइरेसीको मारमा परेता बलिउड बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । ‘गल्ली ब्वाई’ले रिलिजको दिन १८.७० करोड भारू ओपनिङ्ग कमाइ गर्दै वक्सअफिसमा उत्कृष्ट सुरूवात गरेको छ ।

सिनेमाले दर्शक तथा समिक्षकबाट राम्रो तारिफ पनि बटुल्न सफल भएको छ । थुप्रै समिक्षकले यसलाई यस वर्षको पहिलो बलिउडको राम्रो सिनेमा भनेका छन् । सिनेमालाई जोया अख्तरले निर्देशन गरेकी हुन् । जोयाको यो सिनेमा भारतिय र्यापरहरू डिभाइन र नेजीको जीवनमा आधारित रहेको छ । सिनेमामा रणविर ’मुराद’नामक समुकुम्बासी बस्तिका एक र्यापरको भूमिकामा छन् ।