‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’मा अनमोल र भुवनसँग निरुता (भिडियो)

‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’मा अनमोल र भुवनसँग निरुता (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागून १७ गतेबाट रिलिज हुने सिनेमा ‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुक्रबार काठमाडौमा आयोजीत एक कार्यक्रमकाविच सिनेमाको दोस्रो गीत ‘कर्ली कर्ली कपाल’ सार्वजनिक गरिएको हो । उक्त गीतमा सुपरस्टार नायक अनमोल केसी, अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहलाई फिचर्ड गरिएको छ ।

निर्माता तथा अभिनेता भूवन केसीले भने–‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउने बताए । दर्शकका लागि अनमोल, भुवन र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास निर्माण टिमलाई छ ।’ सार्वजनिक गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत, हर्क साउँद र मनिष ढकालको शब्द रहेको गीतमा मेलिना राई र एसडी योगीको स्वर छ । यो गीतको भिडियोमा लामो समय पश्चात कोरियोग्राफर बाट निर्देशक बनिसकेकी रेनेशा वान्तवा राईको कोरियोग्राफी हेर्न पाइनेछ ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

सिनेमामा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।